अध्यादेश बाध्यता हुन सक्छ, तर कानुन सदनबाटै बन्नुपर्छ: सभामुख अर्याल
clickmandu.com · Fri Oct 30 09:40:34 UTC 2026

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डी.पी. अर्यालले राज्य सञ्चालनका क्रममा कतिपय अवस्थामा अध्यादेश ल्याउनु बाध्यता पनि हुन सक्ने बताएका छन् । यद्यपि, कानुन निर्माण जस्तो गम्भीर विषयमा भने संसद्मा व्यापक छलफल र बहस हुनुपर्नेमा उनले विशेष जोड दिएका छन् ।
कानुन निर्माणका विभिन्न पाटोबारे आफ्नो धारणा राख्दै सभामुख अर्यालले संविधानले दिएको अधिकार प्रयोग गरेर आवश्यकताका आधारमा अध्यादेश आउने कुरा आफ्नो ठाउँमा सही भए पनि यसरी बन्ने कानुनभन्दा सदनमा सबै सांसदहरूले खुला रूपमा आफ्ना कुरा राखेर बनाइएको कानुन नै दीर्घकालीन रूपमा सबैका लागि राम्रो हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)