डेभलपमेन्ट बैंकर्स एसोसिएसनको २१औँ साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश थकाली चयन
kendrabindu.com · Fri Oct 30 10:01:20 UTC 2026

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएन) को अध्यक्षमा दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्ष चयन गरेको हो।
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका थकाली यसअघि एसोसिएसनको कार्यवाहक अध्यक्ष थिए। उनको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसोसिएसनमा आबद्ध सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)