मलेसिया रोजगारीमा किन लाग्यो ब्रेक ?
kendrabindu.com · Fri Oct 30 10:08:53 UTC 2026

काठमाडौं । कामदार भर्ना प्रक्रियामा संलग्न म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद समाधान हुन नसक्दा नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया प्रभावित भएको छ । नयाँ श्रमिकको स्वास्थ्य परीक्षण (बायोमेडिकल) रोकिएसँगै कलिङ भिसा जारी हुने प्रक्रिया पनि अवरुद्ध भएको हो ।
मलेसियाले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल प्रक्रिया रोकेको छ । मलेसियाको फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) सञ्चालन गर्ने जिम्मेवारी पाएको वेस्टिनेट कम्पनीले नयाँ भर्ना प्रणाली लागू गरेपछि नेपाल र मलेसियाबीच विवाद बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)