नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
kendrabindu.com · Fri Oct 30 10:09:47 UTC 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले घटेर १८६ दशमलव ६४ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)