बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठनजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार
kalakarmi.com · Fri Oct 30 10:04:43 UTC 2026

काठमाडौं– भारतको उत्तराखण्डस्थित बद्रीनाथ धामबाट देहरादुनतर्फ उडेको एक हेलिकप्टर शुक्रवार जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा पाँच जना तीर्थ यात्री तथा एक पाइलट गरी छ जना सवार थिए ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार कलसाइन भीटी–एचसीएक्स रहेको हेलिकप्टरले शुक्रवार दिउँसो करिब १ः१४ बजे बद्रीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडान भरेको थियो । जोशीमठ उपत्यकाको आकाशमा पुगेपछि हेलिकप्टरसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो भने ट्र्याकिङ प्रणालीबाट समेत त्यसको लोकेसन पत्ता लाग्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)