दुई इन्जिनियरको गिरफ्तारीप्रति इन्जिनियरर्स एशोसिएसनको ध्यानाकर्षण, कारण सार्वजनिक गर्न माग
lokaantar.com

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति नेपाल इन्जिनियरर्स एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएसनका अध्यक्ष सुवास चन्द्र बरालद्वारा जारी विज्ञप्तिमा कानूनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानूनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)