मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजसंस्था इतिहासको स्मृति होइन, राष्ट्रिय एकताको संस्थागत आधार हो

ratopati.com · Fri Oct 30 10:29:24 UTC 2026

राष्ट्रिय सुरक्षा कुनै पनि राष्ट्रको अस्तित्व, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको मूल आधार हो । राष्ट्र सुरक्षित भए मात्र नागरिकले स्वतन्त्रता, सम्मान, न्याय र समृद्धिको अनुभूति गर्न सक्छन् । नेपालको भौगोलिक अवस्थिति, दुई विशाल छिमेकी राष्ट्रबिचको संवेदनशील सामरिक स्थिति, खुला सीमा, बाह्य शक्तिको रणनीतिक चासो र आन्तरिक राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दा राष्ट्रिय सुरक्षा सामान्य प्रशासनिक विषय मात्र होइन, राष्ट्रको अस्तित्वसँग प्रत्यक्ष जोडिएको प्रश्न हो ।

यस्तो अवस्थामा नेपाललाई केवल सरकार परिवर्तन गर्ने राजनीतिक संयन्त्रले मात्र पुग्दैन; राष्ट्रको दीर्घकालीन अस्तित्व, एकता र सार्वभौमिकताको प्रतिनिधित्व गर्ने स्थायी राष्ट्रिय संस्था पनि आवश्यक हुन्छ । यही आवश्यकताको केन्द्रमा राजसंस्था रहेको छ । नेपालको राष्ट्रिय सुरक्षा, राजनीतिक स्थिरता र राष्ट्रिय एकताको दीर्घकालीन आधारका रूपमा राजसंस्था अपरिहार्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)