डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा थकाली निर्वाचित
nepalpress.com · Fri Oct 30 10:49:49 UTC 2026

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २१औं वार्षिक साधारण सभाले थकालीलाई अध्यक्ष चयन गरेको हो ।
आगामी दुई वर्षका लागि अध्यक्ष बनेका थकालीसहित नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)