रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ
bishowkhabar.com · Fri Oct 30 10:58:06 UTC 2026

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय वीरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)