मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

ratopati.com · Fri Oct 30 11:08:17 UTC 2026

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको गिरफ्तारीप्रति गम्भीर असहमति व्यक्त गरेको हो । विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारहरूको पूर्ण पालना हुनुपर्ने धारणा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)