मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

ratopati.com · Fri Oct 30 10:15:17 UTC 2026

काठमाडौँ । नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरेल र कार्यवाहक राजदूत मेगन बोल्डिनबिच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो।

उक्त भेटका क्रममा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत छलफल भएको छ । मुख्य गरी शिक्षा क्षेत्रमा दुई देशबिचको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)