मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब चक्रवातको प्रभाव: पूर्वी क्षेत्रबाट वर्षा बागमती र गण्डकीतर्फ सर्दै, सचेत रहन आग्रह

clickmandu.com · Fri Oct 30 11:32:38 UTC 2026

काठमाडौं । ‘अर्नब’ चक्रवातको शक्ति क्षय भई न्यूनचापीय प्रणालीमा परिणत भएपछि आज देशभर वर्षा भइरहेको छ । चक्रवात कमजोर बने पनि यसको प्रभावका कारण देशका अधिकांश भू-भागमा लामो समयदेखि हल्कादेखि मध्यम वर्षा जारी रहेको मौसमविद् उज्ज्वल उपाध्यायको भनाइ छ ।

मौसमविद् उपाध्यायका अनुसार वर्षाको क्रम पूर्वी क्षेत्रबाट क्रमशः बागमती र गण्डकी प्रदेशतर्फ सर्दै गएको छ। विगत १२ घण्टाको तथ्यांक हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी औसत करिब ४० मिलिमिटर वर्षा भएको छ। यस्तै मधेश प्रदेशमा २० मिलिमिटर, बागमती प्रदेशमा १५ मिलिमिटर र गण्डकी प्रदेशमा करिब ७ मिलिमिटर वर्षा मापन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)