मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार विश्वमणि सुवेदी पक्राउ

ratopati.com · Fri Oct 30 11:33:44 UTC 2026

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकृतहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)