मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवागढी र तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल तीव्र [भिडियो]

hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएको रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको छ। शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयले सो जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार नेपाल-चीन जोड्ने मुख्य व्यापारिक नाकाहरू सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित मन्त्रालय तथा विभागका प्रतिनिधिहरूसँग अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा रसुवागढी नाकामा पुगेको क्षतिको मूल्याङ्कन, पुनर्निर्माण तथा अन्य नाकाहरू खुलाउनेबारे गहन छलफल भएको छ। यसअघि भदौ १० को बाढीपछि अवरुद्ध तातोपानी नाका विजयादशमीको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)