कोशी प्रदेशमा कात्तिक २५ गते ‘भाषा दिवस’ मनाइने, सरकारी कामकाजको भाषा ऐन लागू हुने
ratopati.com · Fri Oct 30 12:00:47 UTC 2026

विराटनगर। कोशी प्रदेश सरकारले आगामी कात्तिक २५ गतेलाई ‘कोशी प्रदेश भाषा दिवस’का रूपमा घोषणा गरेको छ । प्रदेश सरकारले सोही दिनदेखि सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा ल्याउने निर्णय पनि गरेको छ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्तीको अवसर पारेर कार्तिक २५ गतेदेखि ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा ऐन’ लागू गरिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)