नेपालमा आयात हुने शीर्ष वस्तुमा इन्धनदेखि स्मार्टफोनसम्म, ईभी र कच्चा पदार्थ आयात कति ?
corporatenepal.com · Fri Oct 30 12:03:48 UTC 2026

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा पेट्रोलियम पदार्थ, सवारीसाधन, विद्युतीय गाडी, मोबाइल फोन तथा औद्योगिक कच्चा पदार्थको आयातले ठूलो हिस्सा ओगटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिना (साउन–असोज)को वस्तु आयातको तुलनात्मक विवरणले यस्तो देखाएको हो। मुलुकको उपभोग, यातायात र औद्योगिक गतिविधिमा आयातित वस्तुमाथिको निर्भरता अघिल्लो वर्षझैँ कायमै रहेको पनि यसले देखाएको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनासँग तुलना गर्दा डिजेल आयातको परिमाण २६.९ प्रतिशत र एलपी ग्यासको २३.३ प्रतिशतले बढेको छ भने स्मार्टफोनको आयात मूल्यमा ३८ प्रतिशत वृद्धि भएको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको आयात उल्लेख्य बढेको छ। त्यस्तै, विद्युतीय सवारीसाधनको आयात, स्मार्टफोनको व्यापार र फलामजन्य औद्योगिक कच्चा पदार्थको आयात पनि विस्तार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)