ललितपुरका वडाध्यक्षसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Fri Oct 30 12:14:52 UTC 2026

काठमाडौं । जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको र लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका कर्मचारीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार भूमि प्रशासन कार्यालय, लगनखेलका नायब सुब्बा विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्रसम्बन्धी काम गराउने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरी प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)