मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना: ४ जनाको मृत्यु, ११ घाइते

bishowkhabar.com · Fri Oct 30 12:19:46 UTC 2026

काठमाडौं– युरोपेली सङ्घ (ईयू) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

युरोपेली सङ्घीय सेना (ईयूफोर) का अनुसार अक्टोबर २९ मा ब्रस्को नजिकैको गोरिस क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा इटालियन चिनुक हेलिकप्टर दुर्घटनामा परेको हो । घाइते ११ जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको इयुफोरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)