मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा झुम्मिन थाले लगानीकर्ता, साताभर नेप्से ६७ अंकले बढ्यो

baahrakhari.com · Fri Oct 30 12:18:10 UTC 2026

काठमाडौं । दसैँपछि खुलेको सेयर बजारको पहिलो साता सूचकको वृद्धिका आधारमा सामान्य रहन पुग्यो । दुई दिन घटेको बजारमा तीन दिन नेप्से बढ्दा सातामा ६७ अंकको वृद्धि देखिएको हो । बजारमा सूचक एउटै विन्दुको वरिपरि घुमिरहँदा लगानीकर्ता भने कारोबारलाई लिएर पुनः सक्रिय बन्न थालेका छन् ।

झन्डै पाँच महिनायता न्यून कारोबार गरिरहेका लगानीकर्ताले यो साता सर्वाधिक कारोबार गरे । साताको अन्तिम दिन शुक्रबार मात्रै आठ अर्ब ८२ करोड रुपैयाँको कारोबार भयो, जुन पछिल्लो पाँच महिनायताकै उच्च हो । यसअघि बीचको अवधिमा तीनपटकसम्म आठ अर्ब र सोही वरिपरि कारोबार भए पनि शुक्रबारको कारोबार रकमलाई उछिन्न सकेका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)