हानि–नोक्सानी कोषले नेपाललाई दिने भयो २१ मिलियन अमेरिकी डलर
ratopati.com · Fri Oct 30 12:37:17 UTC 2026

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर (करिब पौने ३ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग पाउने भएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई सो रकम उपलब्ध गराउने निर्णय गरेको छ।
भदौ १० गते आएको भयानक बाढीलाई हिमालयन सुनामीका रूपमा उल्लेख गर्दै सरकारले सो बाढीका कारण पुगेको ठुलो मानवीय र आर्थिक क्षतिलाई दृष्टिगत गरी ३१ अगस्ट २०२६ मा उक्त बोर्ड समक्ष विशेष आर्थिक सहयोगका लागि आग्रह गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)