मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानमा हिमताल विस्फोटपछि भारतका सीमावर्ती क्षेत्रमा सतर्कता

kendrabindu.com · Fri Oct 30 12:49:36 UTC 2026

काठमाडौं । भुटानको सिन्ताफु हिमताल विस्फोट भएर आएको बाढीपछि भारतको पश्चिम बङ्गाल र आसाम राज्यको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ । हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिमाली जोखिमलाई दृष्टिगत गर्दै प्रभावकारी पूर्वसूचना प्रणाली, नियमित अनुगमन र सीमापार समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज जारी गरेको विज्ञप्तिअनुसार हिमताल विस्फोट हुनुअघि सिन्ताफु तालमा करिब ६० देखि ७० लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो । यो परिमाण करिब दुई हजार ४०० देखि दुई हजार ८०० वटा पौडी पोखरीमा अट्ने पानी बराबर हो । विस्फोटपछि बाहिरिएको पानीको वास्तविक परिमाण भने अझै आँकलन भइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)