मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च हिमाली भेगमा वर्षा र हिमपात

corporatenepal.com · Fri Oct 30 13:10:00 UTC 2026

सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आज दिउँसोदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो । पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)