सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु निरंकुशताको पराकाष्ठाः रवि किरण हमाल
nepalpress.com · Fri Oct 30 13:22:00 UTC 2026

काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले सञ्चार गृहभित्रै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यको कडा निन्दा गर्दै यसलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार बताएका छन्।
हमालले आलोचनादेखि डराएर सञ्चारमाध्यम र पत्रकारमाथि दमन गर्नु लोकतन्त्रविरोधी कदम भएको टिप्पणी गरेका छन्। उनले यस्तो राज्यीय गुण्डागर्दी तत्काल बन्द गर्नसमेत माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)