कोशी प्रदेशमा नेपालीसहित १४ भाषा सरकारी कामकाजमा लागू हुने
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ। कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउने भएको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर 'सरकारी कामकाजको भाषा ऐन, २०८३' लागू गर्न लागिएको हो।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक २५ गतेलाई 'प्रदेश भाषा दिवस' का रूपमा मनाउने र सोही दिन सरकारी कार्यालयहरूमा दीपावली गर्नेसमेत निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार राजनीतिक दल, गैरसरकारी संस्था र नागरिक समाजलाई पनि दिदीबहिनी तथा नागरिक स्तरबाट दीपावली गरी दिवस मनाउन आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)