एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर
onlinekhabar.com · Fri Oct 30 13:45:18 UTC 2026

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो बताएका हुन् ।
‘कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतंकित पार्ने कोसिस, कहिले झूटा मुद्दा । कहिले बिना पूर्जी पक्राउ ?’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)