पत्रकार पक्राउको विरोधमा महासंघका पूर्वपदाधिकारीले मौन धर्ना दिने
setopati.com · Fri Oct 30 14:17:00 UTC 2026

सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
महासंघका पूर्वपदाधिकारीहरूले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत शनिबार बिहान ८ बजेदेखि एक घण्टासम्म मौन धर्ना दिने जानकारी गराएका हुन्। उनीहरूले मौन धर्नामा सहभागी हुन पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)