कालीगण्डकी बाढीले क्षतिग्रस्त पक्की पर्खाल पुननिर्माणको तयारी
gorkhapatraonline.com · Fri Oct 30 14:27:49 UTC 2026

असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि निर्माण गरिएको क्षतिग्रस्त पक्की पर्खाल र रिङरोड पुनर्निर्माणको तयारी थालिएको छ ।
बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको संरचना पुनर्निर्माण गर्न करिब ५ करोड रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा संरक्षणका काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)