पत्रकार पक्राउप्रति रास्वपाले भन्यो- सञ्चारमाध्यमलाई त्रसित पार्ने प्रयास स्वीकार्य छैन
annapurnapost.com · Fri Oct 30 14:28:52 UTC 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको तथा केही पत्रकारको खोजी भइरहेको समाचारप्रति आपत्ति जनाएको छ। उसले सञ्चारमाध्यमलाई त्रसित पार्ने र मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास स्वीकार्य नहुने बताएको छ।
रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)