आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणका १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का
barnanmedia.com · Fri Oct 30 14:31:56 UTC 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय गति लिएको छ । विभागको प्रगति विवरणअनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट गरी १०२ वटा बोलपत्र आह्वान भइसकेका छन् ।
यीमध्ये सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब रु. २० अर्ब ८५ करोड लागत अनुमानको एउटा ठूलो प्याकेज बाहेकका १०१ बोलपत्रको मात्रै कुल लागत अनुमान रु. ३ अर्ब ६३ करोड ६२ लाख पुगेको छ । आर्थिक वर्षको पहिलो दुई महिनामै खरिद प्रक्रिया अघि बढ्नुले यस वर्ष निर्माण कार्य समयमै सुरु हुने र पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)