कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा
khabarhub.com · Fri Oct 30 14:53:56 UTC 2026

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक प्रतिनिधिमण्डल शुक्रबार तेहरान आइपुगेको छ । टोलीले इरानी अधिकारीहरूसँग वार्ता गरिरहेको इरानी राष्ट्रिय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् ।
यसैबीच मध्यस्थकर्ताहरू संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् । इरानी समाचार संस्था इर्नाका अनुसार कतारका प्रधानमन्त्रीका एक वरिष्ठ सल्लाहकारको नेतृत्वमा आएको यो प्रतिनिधिमण्डलले वरिष्ठ इरानी अधिकारीहरूसँग ‘द्विपक्षीय सम्बन्धका साथै समसामयिक विषयमा क्षेत्रीय विकास’बारे छलफल गरेको छ । पछिल्ला केही दिनमा मध्य पूर्व युद्धमा फेरि शत्रुता फर्कने जोखिम बढेसँगै यस क्षेत्रका धेरै देशका वरिष्ठ अधिकारीहरू तेहरान पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)