कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
barnanmedia.com · Fri Oct 30 14:55:02 UTC 2026

प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् । कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ ।
बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ । लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)