मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एलडीसी स्तरोन्नतिको तयारी अवधि थपिनु आर्थिक आधार बलियो बनाउने अवसर: श्रेष्ठ

clickmandu.com · Fri Oct 30 14:57:00 UTC 2026

काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप तीन वर्ष लम्ब्याउने निर्णय गरेको हो ।

यस निर्णयले नेपाललाई स्तरोन्नतिपूर्व आवश्यक आर्थिक, संरचनात्मक तथा संस्थागत सुधारहरू अगाडि बढाउन महत्वपूर्ण अवसर प्रदान गरेको महासंघले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)