मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

clickmandu.com · Fri Oct 30 14:59:46 UTC 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३र८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय गति लिएको छ । विभागको प्रगति विवरणअनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट गरी १०२ वटा बोलपत्र आह्वान भइसकेका छन् ।

यीमध्ये सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब २० अर्ब ८५ करोड लागत अनुमानको एउटा ठूलो प्याकेज बाहेकका १०१ बोलपत्रको मात्रै कुल लागत अनुमान रु। ३ अर्ब ६३ करोड ६२ लाख पुगेको छ । आर्थिक वर्षको पहिलो दुई महिनामै खरिद प्रक्रिया अघि बढ्नुले यस वर्ष निर्माण कार्य समयमै सुरु हुने र पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)