मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

ratopati.com · Fri Oct 30 16:18:55 UTC 2026

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् ।

कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)