मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारततर्फ लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

ratopati.com · Fri Oct 30 16:38:44 UTC 2026

हुम्ला । भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काइएका बालबालिकालाई हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको छ । भारततर्फ लैजाँदै गर्दा गड्डाचौकी नाकाबाट फिर्ता गरिएका उनीहरूलाई विभिन्न निकायको समन्वय र पहलमा आज हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)