बढ्दाे महँगीविरुद्ध इटालीमा विद्यार्थीको विशाल प्रदर्शन, शिक्षामा बजेट बढाउन माग
saralpatrika.com · Fri Oct 30 16:18:14 UTC 2026

रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्न तथा आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्।
विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध गरेका छन्। ट्रक चालक र किसानले पनि इन्धनको मूल्य वृद्धि तथा जीवनयापनको लागतविरुद्ध प्रदर्शन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)