निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
ratopati.com · Fri Oct 30 17:35:22 UTC 2026

झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको निर्माण कार्यमा पुरानो निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि सरकारले ठेक्का अन्त्य गरेर नयाँ बोलपत्र आह्वान गरेको थियो ।
नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना गत बुधवार प्रकाशित गरिसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताए । निर्माण हुने सडकको खण्ड इलाम र पाँचथरमा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)