एनएफएलमा तीन नयाँ क्लब थपिने
ratopati.com · Fri Oct 30 18:52:40 UTC 2026
काठमाडौँ । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न शुक्रबार आह्वान गरेको हो ।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति यही कात्तिक ३० गते तोकिएको छ । बोलपत्र फारामको शुल्क रु ५० हजार निर्धारण गरिएको छ भने उक्त शुल्क फिर्ता हुने छैन । नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)