मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

ratopati.com · Fri Oct 30 19:06:28 UTC 2026

बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशीमात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।

पर्यटकीययाम सुरु भएसँगै जिल्लाकै पहिलो घरबासगाउँ बागलुङ नगरपावलिका–१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल बढेको छ । हालै छ जना विदेशी पर्यटक तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र खानपानमा रमाउँदै फर्किएका छन् । बेलायत, स्वीटजरल्यान्ड, अस्ट्रेलिया, अमेरिकालगायत देशका पर्यटक घरबासमा आएका सञ्चालक याम थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)