मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

ratopati.com · Fri Oct 30 19:45:00 UTC 2026

कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको सो महोत्सव आयोजना गरिएको हो ।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित महोत्सव २३ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)