मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने

barnanmedia.com · Fri Oct 30 22:02:50 UTC 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’ को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबिच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथै विशेष गरी रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्नेछन्,” राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले एक्समा लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)