आगामी सातादेखि धान खरिद
gorkhapatraonline.com · Sat Oct 31 00:57:42 UTC 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो सातादेखि धान खरिद गर्ने तयारी गरेको जनाएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशबाट मोटा धान खरिदको तयारी गरेको हो ।
सरकारले चालु आवका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपियाँ निर्धारण गरेको छ । गत वर्ष सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ निर्धारण गरेको थियो । कम्पनीले हरेक वर्ष जस्तै यो वर्ष पनि सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा एक लाख ५० हजार क्विन्टल धान खरिदको तयारी गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)