मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम भिड्दै, दुवै खेलमा वर्षाको जोखिम

ratopati.com · Sat Oct 31 00:59:53 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन् । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् ।

पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल ५ बजे सुरु हुने तालिका छ । तर, बिहीबार बेलुकी र शुक्रबार दिनभर परेको वर्षा र मौसमविद्हरूले शनिबार बेलुकीसम्म हल्का वर्षा जारी रहने सम्भावना औँल्याएपछि दुवै खेल प्रभावित हुने जोखिम बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)