तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार
kendrabindu.com · Sat Oct 31 01:58:38 UTC 2026

काबुल । कुनै समय थियो, काबुलका सडक तथा गल्लीहरूमा संगीत खुब गुञ्जिन्थ्यो । चियापसल होस् वा रेस्टुरेन्टबाट निस्किएका ती सुरिला धुनहरूले अफगानिस्तानको राजधानी काबुललाई संगीतको सहरका रूपमा प्रख्यात बनाएको थियो ।
तर, ती दिन अब इतिहास बनिसकेका छन् । सन् २०२२ देखि अफगानिस्तानभरि संगीत बजाउन वा सुन्न आधिकारिक रूपमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले धार्मिक भजन (वाद्ययन्त्रविनाका गायन) बाहेक अन्य सबै प्रकारका संगीतमा रोक लगाएको छ । तालिबानको सद्गुण प्रवर्द्धन तथा दुराचार निवारण मन्त्रालयका भ्रामक एवं कठोर नियममार्फत यो प्रतिबन्ध लागू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)