मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दार्चुलामा ‘अपिहिमाल पर्यटन उत्सव’

annapurnapost.com · Sat Oct 31 02:14:47 UTC 2026

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म ‘अपिहिमाल पर्यटन उत्सव’ हुने भएको छ।पर्यटन प्रवद्र्धन, स्थानीय तहमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने प्रमुख उद्देश्यसहित यो बृहत् उत्सव गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले जनाए।

उत्सवको मुख्य आकर्षणका रूपमा अपिहिमाल आधार शिविर (बेसक्याम्प) क्षेत्रस्थित पिलकन्दमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ। उच्च हिमाली क्षेत्रमा खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेसक्याम्पमै क्रिकेट खेल आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)