बीमा कम्पनीकाे नेतृत्वमा पुरुषकै वर्चस्व, बीमा गर्नेमा महिला अगाडि
aarthiknews.com

काठमाडौं । बीमा गर्नेमा महिला अगाडि रहेपनि बीमा कम्पनीको नेतृत्व तहमा भने पुरुषकै वर्चस्व रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले गरेको अध्ययनअनुसार बीमा कम्पनीको सञ्चालक समिति, कार्यकारी व्यवस्थापन र उच्च व्यवस्थापन तहमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ।
प्राधिकरणले सार्वजनिक गरेको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्स : अ फेमा–मिटर एसेसमेन्ट इन नेपाल’ प्रतिवेदनले यस्ताे देखाएकाे हाे । प्रतिवेदन अनुसार जीवन बीमाका बीमितको संख्यामा महिलाको हिस्सा ५८ प्रतिशत र पुरुषको ४२ प्रतिशत रहेको छ। लघु जीवन बीमामा गर्नेमा महिला अझ बढी देखिएको छ। यस क्षेत्रमा कुल बीमालेख धारकमध्ये ६२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुष छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)