मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा हिमपात, जनजीवन प्रभावित

nepallive.com · Sat Oct 31 03:07:39 UTC 2026

हुम्ला । उच्च हिमाली हुम्लाको उत्तरी नाम्खा गाउँपालिका सहित जिल्लाको उच्च भागमा रहेका वस्तिको जनजीवन चिसोले प्रभावित भएको छ । यहाँका उच्च क्षेत्रमा हिमपात भएपछि तापक्रम माइनसमा झरेपछि चिसो अत्यधिक बढ्दै गएको हो । शुक्रबार दिउँसोदेखि हुम्लाको माथिल्लो भागमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षाा भइरहेको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिका—६ को लिमिसहित हिल्सा, न्यालु, यारी, चाला लगायतका गाउँको जनजीवन थप प्रभावित भएको स्थानीयले बताएका छन् । यश क्षेत्रमा बाक्लो हिउँ जमेको हिल्साबाट लामु लामाले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)