मोदीको संसदीय क्षेत्रमा बीजेपीको हार, पार्टीलाई राजनीतिक झट्का
kendrabindu.com · Sat Oct 31 03:09:05 UTC 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विधान परिषद्का निर्वाचन क्षेत्रमा समाजवादी पार्टी (सपा)का उमेदवार विजयी भएपछि भारतीय जनता पार्टी (बीजेपी)लाई राजनीतिक झट्का लागेको छ ।
शिक्षक र स्नातक भनिने विधान परिषद् क्षेत्रमा शिक्षक निर्वाचन क्षेत्रमा सपाका वर्तमान विधान परिषद् सदस्य लाल बिहारी यादव विजयी भएका हुन् । उनले बीजेपीका डा. प्रमोदकुमार मिश्रालाई फराकिलो मतान्तरले हराउँदै लगातार दोस्रोपटक जितेका छन् । स्नातक निर्वाचन क्षेत्रमा पनि सपाका आशुतोष सिन्हाले बीजेपीका केदारनाथ सिंहलाई पराजित गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)