प्रधानन्यायाधीशदेखि विश्वविद्यालयसम्मका विज्ञप्तिमा भाषिक त्रुटिको चाङ, गम्भीर लापरबाही कि अज्ञानता?
himalpress.com · Sat Oct 31 02:59:10 UTC 2026

काठमाडौँ- देशको न्यायपालिका र उच्च शैक्षिक संस्थाजस्ता जिम्मेवार निकायबाट जारी हुने आधिकारिक विज्ञप्ति तथा सूचनामा नेपाली भाषाका सामान्य नियम बेवास्ता हुन थालेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि विश्वविद्यालयका प्राध्यापक तथा क्याम्पस प्रमुखको हस्ताक्षरमा जारी कागजातमा वर्णविन्यास, शब्दरचना र वाक्यगठनका त्रुटि भेटिएका हुन्।
पछिल्लो समय सार्वजनिक भएका सर्वोच्च अदालत, त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्काय, केन्द्रीय प्रविधि क्याम्पस धरान र विश्वविद्यालय क्याम्पस कीर्तिपुरका विज्ञप्ति तथा सूचनामा यस्ता त्रुटि देखिएका हुन्। आधिकारिक कागजातमा प्रयोग भएका अशुद्ध शब्द र वाक्यांशलाई रातो चिह्नले देखाउँदा सरकारी तथा प्राज्ञिक निकायमा नेपाली भाषाको शुद्ध प्रयोगप्रति कति उदासीनता छ भन्ने स्पष्ट हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)