सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, १८ घाइते
kendrabindu.com · Sat Oct 31 03:17:09 UTC 2026

सल्यान । सल्यानमा शुक्रबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाखमा भएको दुर्घटनामा परी गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको छ। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)